समाचार

मिस ईकलेज २०१८ का प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं, २८ माघ । मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा भएको कार्यक्रम विच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए  । कार्यक्रममा सृजना लामाको पहिलो जुनी वोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन भने रोजीना केसीले  गैरी खेतको सिरै हान्यो भन्ने गितको वोलमा नृत्य प्रस्तुत गरेको थिइन । सोफीया श्रेष्ठले नेवारी गितमा नृत्य प्रस्तुत गरेकी थिइन त्येस्तै  मनिषा वराइली र रोजनी मर्हजनले पनि कतिमाया लाग्छ भन्ने गितमा आफ्नो  नृत्य प्रस्तुत गरेकी थिइन  साथै फुरुलामा सेर्पाले विश्व वातावरणको असरको वारेमा आफ्नो धारणा राखेकी थिइन ।
कार्यक्रममा अपेक्षा ढुङानाले राज्यको समावेसी विषयमा आफनो भनाइ प्रस्तुत गरिन भने करुना गुरुङ , आङ डामु सेर्पा,  आसा लिम्वु, पासाङ लामु सेर्पा, काजोल तामाङ, सविता लामा, उर्मीला गोले, पेमा लामा,प्रविना कपाली,रविना तामाङले पनि विभिन्न नेपाली गीत गाएर आफ्नो प्रतिभा देखाएका थिए । अलिसा श्रेष्ठले राधा वोलको गीतमा नृन्य देखाएर सवैलाई रोमान्चीत वनाएकी थिइन भने  सन्ध्या थापाले हिजोराती सपनीमा वोलको गीतमा आफ्नो प्रस्तुती दिइकी थिइन । अन्जना हमालले तनाव विषयमा आफ्नो विचार राखेकी थिइन ।
उक्त कार्यक्रमा निर्णायक मण्डलमा कल्व उड्ल्याण्डमा म्यानेजीङ डाइरेक्टर श्रवण कुमार कुवर ,सिम्रिक यएर लाइन्सकी चिफ क्याविन क्रयू अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी,मिस इकलेज २०१५ की विजेता नितिका कर्मचार्य,मिस इकलेज २०१७ की सेकेन्ड रनरअप युनीता खत्री रहनु भएको थियो ।
कलेजमा अध्ययनरत टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको अध्ययनको  लागि सहयोग पु¥याउने र समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेत्ुले यो कार्यक्रमलाई निरन्तरता दिईएको हो ।  
स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्दै रहनु भएको छ  । फागुन ५ गते शनिवारको दिन उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा काडाघारी  स्थित अक्षरा स्कुलको सभाहलमा सम्पर्न हुनेछ । प्रतियोगिताका विजेताले “ मिस ईकलेज २०१८” को ताज उपाधि सहित रु एकलाख ८० हजार पर्ने यामाहा रेजी स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति , नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट रु २५ हजार वरावरको एयर होस्टेज तालिम दिइने छ, साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अपले मोवाइल ट्याव र सेकेण्ड रनर मोवाइल फोन साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । साथै विजेता ३ जनाले ५ दिनको वैङकक पटाय भ्रमणको अवसर पनि प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न १८ विधामा पनि सव टाइटल प्रदान गरिने छ ।