काठमाडौं । १४ फरवरी, बुधवार २०१८ मा सनातन धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रि छ साथै यो विषयमा पंचांग भेद पनि रहेको ज्योतिहरुले बताएका छन् । केही क्षेत्रहरुमा १३ फरवरी शिवरात्रि पर्व मनाइने छ । चतुर्दशी तिथि १३ फरवरी २०१८, मंगवलार २२ : ३६ बाट प्रारंभ हुने छ भने १५ फरवरी २०१८, ००ः४८ बजे खत्म हुने छ । यो दिन शिवरात्रि निशिथ काल पूजाको समय २४ः०९ बाट २५ः ०१ सम्म हुनेछ ।
१३ र १४ महाशिवरात्रिको पर्वके अवसरमा भक्तजनहरु व्रत बस्छन् । महाशिवरात्रिको दिन व्रतबस्नेहरुले १० कुराहरु ध्यान दिनुपर्ने अति आवश्यक छ साथै यो बिर्सेर पनि यि १० कुरा गर्नु हुदैन गल्तिले पूजाको समयमा गरियो भने पनि अशुभ हुन्छ ।
कालो रंगको वस्त्र नलागाउने : महाशिवरात्रिको तीहार शिवभत्तहरुमा धेरै महत्व राख्दछ । तर भूलवश शिवजीलाई प्रसन्न गर्न कुनै यस्ता गल्तिहरु ग्रिन्छ जसले गर्दा उनिहरुको पूजा सम्पूर्ण हुदैन । पहीलो कुरा शिवरात्रिका दिन भगवान शिवलाई यदि प्रसन्न बनाउन चाहनु हुन्छ भने यो दिन कालो रंगको लुगा कपडा लगाउनु हुदैन । भनाइछ की भगवान शिवलाई कालो रंग पसन्द हुदैन । त्यस कारणले यो दिन कालो कपडा धारण गर्नु हुदैन ।
उल्लेखित चीजहरु विर्सेर पनि नचढाउनु : भगवान शिवलाई सेतो फूल बेहद मनपर्छ तर केतकीको फूल सेतो भएर पनि भोलेनाथको पूजामा चढाउनु हुदैन । पूजा गर्ने बेला शंखबाट जल अर्पित गर्नु हुदैन । भगवान शिवको पूजामा तुलसीको प्रयोग वर्जित मानिन्छ र तिल पनि चढाउनु हुदैन किन भने तिल भगवान विष्णुको मैलबाट उत्पन्न भएको मानिन्छ । त्यसैले भगवान विष्णुलाई तिल अर्पित गरिन्छ भगवान शिवलाई चढाइदैन ।
भगवान भोलेनाथलाई यो मनपर्दैन : भगवान शिवको पूजामा बिर्सेर पनि टूक्रा भएको चामल चढ़ाउनु हुदैन । शिवरात्रिको दिन शिवलिङ्गमा नरिवलको पानी चढाउनु हुदैन । शिवको प्रतिमामा नारिवल चढ़ाउन सकिन्छ तर नारिवलको पानी चढाउनु हुदैन । बेसार र कुमकुम उत्पत्तिका प्रतीक हुन त्यसैले पूजामा यिनको प्रयोग गर्नु हुदैन । बेल पत्रका तीनै पातहरु पुरै हुनु पर्छ यदि बेल पत्र खंडित छन् भने चढाउनु हुदैन । चामल सेता रंगका र अखण्डित हुनु पर्छ खण्डित चामल शिवजीको पूजामा निषेध मानिन्छ र फूल पनि बासी एवं ओईलाएका हुनु हुदैन ।
भगवान शिव सरलतामा प्रसन्न हुने भगवान मध्यका भगवान हुन उनि आफ्ना भक्तहरुको मनोकामना चाँडै पूरा गर्छन भन्ने मान्यता छ । त्यसैले भनिन्छ उनलाई भोले नाथ । शास्त्रका अनुसार प्रत्येक दिन भगवान शिव २४ घण्टा शिवलिंगमा विराजमान हुन्छन् । यो महाशिवरात्रिमा शिवलिंगको पूजा गर्ने समयमा आ–आफ्नो राशिका अनुसार शिव मन्त्रको जाप गर्नु पर्छ । राशि अनुसार शिव मन्त्रको जाप गर्नाले व्यक्तिको कुण्डलीमा मौजूद ग्रहहरुको कुप्रभाव समाप्त भएर जान्छ । जानि राखौ राखौ सबै १२ राशि वालाहरुले यो शिवरात्रिमा कुन–कुन मन्त्रको जाप गर्नु पर्छ ।
मेष राशि– मेष राशि वालाहरुले यो महाशिवरात्रिमा भगवान शिवको पूजा पछि ‘ह्रीं ओम नमः शिवाय ह्रीं’ मन्त्रको जाप १०८ बार गर्ने । यो मन्त्रको जाप गर्नाले शिक्षाको क्षेत्रमा आउन सक्ने बाधाहरु दूर हुन्छन् । जो व्यक्ति घर बनाउने इच्छा बोकेका हुन्छन् यो दिन शिव मन्त्रको जाप गर्नुले उनिहरुको इच्छा पूरा हुन मदत मिल्नेछ ।
वृष राशि– वृष राशिकाहरुले मल्लिकार्जुनको ध्यान गर्दै ‘ओम नमः शिवाय’ मन्त्रको जाप गर्ने । शिवरात्रिमा भगवान शिवको यो प्रकारले पूजा गर्नुले ऊर्जाको विकास हुन्छ र कार्य क्षमता बढ़्न जान्छ साथै परिवारमा मेल बढ्छ ।
मिथुन राशि– यो राशिकाहरुले शिवरात्रिका दिन महाकालेश्वरको ध्यान गर्दै ‘ओम नमो भगवते रूद्राय’ मन्त्रको जाप गर्ने । यो मन्त्रको जापले यदि कुनै मानिस आर्थिक परेशानिहरुबाट मुक्ति हुन चहान्छ भने त्यसलाई धन लाभको मौका आउनेछ ।
कर्क राशि– यदि तपाँई चहानु हुन्छ कि यो महाशिवरात्रिमा भगवान भोले नाथको तपाँईमाथी कृपा बर्सियोस त्यसका लागि शिव पूजा पछि ‘ओम हौ जूं सः’ यो मन्त्रको जाप गर्ने । यस प्रकार शिवको पूजा गर्नाले भौतिक सुखका साधनहरु बढेर जान्छन् ।
सिंह राशि– सिंह राशि वालाहरुले यो महाशिव रात्रिमा ‘ह्रीं ओम नमः शिवाय ह्रीं’ को कम्तिमा पनि ५१ पटक मन्त्रको जाप गर्ने । यो मन्त्रको लाप गर्नुले सरकारी नौकरी र सरकारसँग सम्बन्धित कार्यहरुमा आउने परेशानिहरुको अंत भएर जाने छ ।
कन्या राशि– यो शिवरात्रि कन्या राशि वालाहरुले ‘ओम नमो भगवते रूद्राय’ मन्त्रको जाप गर्ने । यो मन्त्रको जापले कन्या राशि वालाहरुको आत्मविश्वास बढेर जानेछ र हरेक क्षेत्रमा उनिहरुको सिद्धि बढ़्नुका साथै धन लाभ हुनेछ ।
तुला राशि– तुला राशि वालाहरुले आउने शिवरात्रिमा शिव पंचाक्षरी मन्त्र ‘ओम नमः शिवाय’ को १०८ पटक जाप गर्ने । यो मन्त्रको जाप गर्नाले कार्यक्षेत्रमा आउने बाधा परेशानीहरु दूर भएर जानेछन् ।
वृश्चिक राशि– यो राशिकाहरुले शिवरात्रिका दिन ‘ह्रीं ओम नमः शिवाय ह्रीं’ मन्त्रको जाप गर्ने । महाशिवरात्रिका दिन यो मंत्रको जाप गर्नाले भाग्य मजबूत हन्छ । घरमा सुख र समृद्धि आउनेछ ।
धनु राशि– शिवरात्रिका दिन चन्द्रमा कमजोर हुन्छ । धनु राशि वालाहरुले यो दिन ‘ओम तत्पुरूषाय विध्म्ये महादेवाय धीमाहः तन्नो रूदः प्रचोदयात’ मन्त्रको जाप गर्नाले चंद्रमा मजबूत हुन्छ र शिवजीको कृपा हुनेछ । यो मन्त्रको जाप गर्नाले जिवनमा अचानक आउने परेशानिहरुबाट निजात पाइनेछ ।
मकर राशि– यो राशिकाहरुले भगवान शिवको कृपा पाउनका लागि ‘ओम नमः शिवाय’ को जाप गर्ने । यो दिन यो मन्त्रको जाप गर्नाले विवाहमा आउनसक्ने बाधाहरु दूर भएर जान्छन् र दाम्पत्य जीवनमा तनाव घटेर जान्छ भने व्यापार व्यवसायमा तरक्की हन्छ ।
कुंभ राशि– कुंभ राशि वालाहरुको स्वामी शनिदेव हुन । त्यसैले यो राशिकाहरुले मकर राशिका सरह ‘ओम नमः शिवाय’ मन्त्रको जाप गर्ने । यो मन्त्रको जाप गर्नाले पूरा साल उनिहरुको सेहत निरोगी ुहने छ ।
मीन राशि– यो राशिकाहरुले जतिहुनसक्छ त्यति पटक ‘ओम तत्पुरूषाय विघ्म्हे महादेवाय धीमहि तन्नो रूद्र प्रचोदयात्’ मन्त्रको जाप गर्नु पर्छ । यस प्रकार यो मन्त्रको जाप गर्नाले तपाँईमाथी शनिदेवको बाङ्गो दृष्टि पर्ने छैन र तपाँईको आत्मविश्वासमा बढ़ोत्तरी हुनेछ ।
Add Comment