धर्म/संस्कृति

विवाह पछि खुट्टाको औंलामा औठी लगाउँदा स्वास्थ्यका लागि अत्यन्तै लाभकारी

सनातन धर्ममा विवाह पछि खुट्टाको औंलामा औठी लगाउने परम्परा छ । सामान्यतया विवाहित सनातन धर्मकी महिलाले आफ्नो दुवै खुट्टाको औंलामा चाँदीको औंठी लगाउँछन् । यो किन लगाइन्छ वा औंठी लगाउने फाइदा के हो ? यो विषयमा के तपाईंले कहिल्यै सोच्नुभएको छ । यसले मासिक चक्र राम्रो राख्दछ र तिनीहरूको प्रजनन क्षमता बढाउँदछ । खुट्टाको औंलाहरुमा वास्तवमा औंठी लगाउनुको पछाडि तथ्य यो हो ।

तर के विज्ञान र जीव विज्ञानले पनि यो तथ्यलाई स्वीकार्छ ? भन्ने प्रश्न आउन सक्छ । औंठी लगाउनुको पछाडि वैज्ञानिक कारणलाई विस्तारपूर्वक बुझ्न लागि डा. सुदेशेना रे महिला रोग विशेषज्ञ र एक्युप्रेशर विशेषज्ञ संजय उमराव जसलोक अस्पताल एण्ड रिसर्च सेन्टर र एक्युप्रेशर हेल्थ केयर सिस्टम, लखनऊमा कार्यरत दुबै जना यस विषयमा यसरी बताउछन् ।

महिलाले किन औंलाको औठी लगाउँछन् ? भन्ने प्रश्नमा स्त्री रोग विशेषज्ञ डा. सुदेशेना रे अनुसार हाम्रो शरीरमा लगाइएका गहनाका पछाडि केही विज्ञान रहेको छ । यद्यपि जीवविज्ञानमा औंठी पोशाकसँग सम्बन्धित धेरै तथ्यहरू छैनन्, तर प्राकृतिकशास्त्र र रिफ्लेक्सोलजीमा यसको बारेमा धेरै कुरा भनिएका छन् । प्रजनन र मासिक चक्रका लागि शरीरमा केहि विशिष्ट एक्युप्रेशर पोइन्टहरू छन् । तिनीहरू शरीरको केही क्षेत्रमा अवस्थित छन् जुन ऊर्जाको अनुगमन निर्धारित गर्दछ (ensure optimum flow of energy) । यदि हामी हाम्रो खुट्टाको कुरा गर्छौं भने, विभिन्न किसिमका स्नायुहरू तलदेखि औंलासम्म पाइन्छ ।

जब तपाइँ खुट्टाको पछिल्लो (औंठा) थम्बपछिको औंलामा औंठीे लगाउनु हुन्छ, यसको सम्पर्कले साइयाटिका भनिने (Sciatica) (lumbar nerves) औंठीले नसहरूमा दबाब दिन्छ, जसले तपाईंको रक्त संचार र मासिक चक्र सही राख्न मद्दत गर्दछ । साथै चाँदीलाई पनि राम्रो कन्डक्टरको रूपमा लिइन्छ, जसले शरीरमा चुम्बकीय क्षेत्र कायम राख्न र स्नायुहरू सञ्चालन गरेर मद्दत गर्दछ । यसले प्राकृतिक कार्य र शरीरको हार्मोनल स्वास्थ्यमा सुधार गर्दछ, जसले प्रजनन क्षमतालाई पनि असर गर्दछ ।

खुट्टाका औंलाहरुमा औंठी लगाउने बारे एक्युप्रेशर विशेषज्ञ संजय उमरावका अनुसार खुट्टाको औंलामा लगाउने औंठी मात्र होइन, पायलको पनि महिलाको प्रजनन क्षमतासँग धेरै सम्बन्ध छ । त्यस्तै पायल खुट्टामा लगाइन्छ, त्यहाँ फैलोपियन ट्यूबहरू, अंडाशय, गर्भाशयको एक्युप्रेशर पोइन्ट हुन्छन् । यी शिरा पायलसँग जोडीएका हुनाले पायले दबाव बनाई राख्छ र यसले फैलोपियन ट्यूबहरू, अंडाशय, गर्भाशयको एक्युप्रेशर पोइन्ट यी तीनैलाई स्वास्थ्य राख्छ ।

औंठा (थम्ब) पछि तीनै औंलाहरुमा औंठी लगाउने परम्परा हो, तर अब यो थम्ब पछि दुई औंलामा मात्र लगाउँछन् । औंठापछिको दोस्रो औंला सीधा गर्भाशयमा जडित हुन्छ । औंठीकोे हल्का दबाबले गर्भाशयलाई पनि असर गर्छ । यसले मासिक धर्म चक्र (अवधि) को नियमन गर्न मद्दत गर्दछ जसले गर्भाशयलाई स्वस्थ राख्न र गर्भावस्थाको सम्पूर्ण प्रक्रियालाई सफल राख्न मद्दत गर्दछ । तेस्रो औंलामा औंठी लगाउँदा, यो पिरियड्सको दुखाइ कम गर्न सक्छ भन्ने विश्वास गरिन्छ । समग्रमा, यदि हामीले औंठी (टाई रिंग बेनिफिट्स) लगाउने फाइदाहरूमा सर्वप्रथ मुख्य रुपमा यसले रक्तसंचारमा सुधार ल्याउँछ ।

त्यस्तै यसले मासिक धर्म चक्र ठीक राखेर प्रजनन स्वास्थ्य र तिनीहरूका अंगहरूलाई स्वस्थ राख्दछ । साथै यसले शरीरमा चुम्बकीय क्षेत्रलाई सहज राख्दछ र हर्मोनको उत्पादनलाई नियमित गर्दछ, जुन स्वस्थ र प्रजनन क्षमताका लागि धेरै महत्त्वपूर्ण हो । त्यसैले विवाहिता महिलाहरुले औंठा (थम्ब) पछि तीनै औंलाहरुमा औंठी लगाउनु फाइदा हुन्छ । -पल्लवी कुमारी, ओन्लीमाई हेल्थ