अन्तराष्ट्रिय

अफगानिस्तानका पत्रकारहरु तालिबानको क्रुरुरताबाट त्रसित : ज्यानमालको सुरक्षाका लागि विश्वलाई अपिल

काबुल । अफगानिस्तानका पत्रकारहरुले तालिबानको क्रुरुरताबाट आफूलाई जोगाउन विश्वका देशहरु र संगठनहरुलाई आग्रह गरेका छन् । अफगानिस्तानका पत्रकार, क्यामेरामेन र फोटोग्राफरहरुले संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय समुदाय, मानवअधिकार संगठनहरु र मिडिया समर्थक संगठनहरुलाई तालिबानको धम्कीबाट जोगाउन आह्वान गरेका छन् । १५० पत्रकारहरुले अपिल पत्रमा हस्ताक्षर गरेका छन् ।
पत्रमा भनिएको छ, “अफगानिस्तानमा तालिवानको कब्जा पछि मिडियाकर्मी, उनीहरुको परिवार र उनीहरुको सम्पत्तिलाई निशाना बनाइएको छ । यो कठिन परिस्थितिमा हाम्रो अगाडि गम्भीर चुनौतिहरु उठेका छन् । संयुक्त राष्ट्र संघ र सहयोगीहरुले हामीलाई बचाऊन् पहल गरिदिन अपिल गरेका छन् ।’ १५ अगस्टमा पूर्व अफगानिस्तान सरकारको पतन पछि मात्र यो अपिलपत्र आएको छ । काबुलमा धेरै पत्रकार र मिडियाकर्मी (मुख्यतः महिलाहरु) वर्तमानको परिस्थितिमा काम गर्न सकिरहेका छैनन उनिहरु अनिश्चिततामा बाँचिरहेका छन् ।

पछाडि उभिएर संसारलाई नहेर्नुहोस्, हाम्रो रक्षा गर्नुहोस्
थुप्रै मिडियाकर्मीहरुले विश्वलाई अपिल गरेका छन् । विश्वले पछाडि उभिएर परिस्थिति हेर्नु हुदैन, तर विगत दुई दशकहरुमा अभिव्यक्ति स्वतन्त्रताको लागी अथक मेहनत गरेका अफगान पत्रकारहरुको रक्षा गर्नको लागी कदम चाल्नु पर्छ । रिपोर्टर अहमद नाविद कवोशले भने, यो चुनौतीपूर्ण समयमा संसारले हेर्नुको सट्टा हामी र हाम्रो परिवारको जीवन बचाउन अगाडि आउनु पर्छ ।’ रिपोर्टर रफीउल्लाह निकजादले ’हामी अनिश्चिततामा बाँचिरहेका छौं भनेका छन् । हामीलाई थाहा छैन भविष्यमा हामी र हाम्रा परिवारहरुलाई के हुनेछ । विश्वका देशहरुले हाम्रो आवाज सुन्नु पर्छ ।

महिला पत्रकारहरु सबैभन्दा बढी समस्यामा
अफगानिस्तानमा तालिवानले सत्ता हात पारेपछि महिला पत्रकारहरु सबैभन्दा बढी प्रभावित भएका छन् । तालिवानले महिला पत्रकारहरुलाई काम गर्न प्रतिबन्ध लगाएको छ । यदि महिला पत्रकारहरु काममा आए भने गम्भीर परिणामको चेतावनी दिइएको छ । नजिफा अहमदी, एक महिला रिपोर्टर दर्जनौं महिला पत्रकारहरु मध्ये एक हुन् जो आफ्नो मिडिया कम्पनी बन्द भए पछि काम गर्दैनन् । अहमदी भन्छिन् कि उनी आफ्नो परिवारमा एक मात्र कमाउने व्यक्ति हुन् । अब यस्तो परिस्थितिमा उनी कसरी आफ्नो परिवारलाई खुवाउने छन् भन्नेमा अन्यालमा छिन् । उनको भनाईमा तालिबानले महिला सञ्चारकर्मीलाई काम गर्न दिनुपर्छ ।

धेरै पत्रकारहरु देश छोडे
तालिवानले कब्जा गरेपछि धेरै पत्रकारहरु अफगानिस्तान छाडेका छन् । धेरै पत्रकारहरु अझै काबुल एयरपोर्टमा देश छोड्नको लागी कोशिश गरीरहेका छन् । गत बिहीबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हमलामा मारिएकाहरुमा तीन अफगानिस्तानका पत्रकारहरु पनि छन् । यसैबीच अफगान मिडियाका व्यक्तिहरूले अन्तर्राष्ट्रिय संगठनहरुलाई अफगानिस्तानका पत्रकारहरुको भविष्य र उनीहरुका प्रश्नहरुलाई सम्बोधन गर्न एक सामाजिक मिडिया अभियान पनि शुरू गरेका छन्।

आधिकारिक स्रोतबाट जानकारी प्राप्त गर्न कठिन
धेरै मिडिया कम्पनीहरुका मालिकहरु र अधिकारीहरु भनाई अनुसार घानी प्रशासनको पतन पछि, आधिकारिक जानकारी प्राप्त गर्नको लागी सबैभन्दा गाह्रो काम भएको छ । कुनै आधिकारिक स्रोतले मिडिया सोधपुछको जवाफ दिइरहेको छैन । काबुल समाचारका मुख्य सम्पादक एहसानुल्लाह सहकले भने, “मिडियाका लागि स्थिति चिन्ताजनक छ । कसैले हामीलाई जवाफ दिइरहेका छैनन् र यो स्थिति पत्रकारहरुको लागी धेरै बाधाहरु सिर्जना गरेको छ । तालिबान प्रवक्ता जबीउल्लाह मुजाहिदले भर्खरै घोषणामा मिडिया संगठनहरु इस्लामी कानूनको पालन र निष्पक्षता कायम राखी आफ्नो गतिविधि जारी राख्न सक्छन् भनेका छन् ।-एजन्सि