अन्तराष्ट्रिय

अविश्वास प्रस्ताव अघि पाकिस्तानका प्रधानमन्त्री इमरानको ‘आलु र टमाटर’को मूल्य सच्याउन राजनीतिमा नआएको भन्ने बेतुका बयान

लाहोर, पाकिस्तान । पाकिस्तानमा अविश्वासको प्रस्ताव फिर्ता लिने सम्बन्धमा संकटको सामना गरिरहेका प्रधानमन्त्री इमरान खानले आफ्ना विपक्षीमाथि शाब्दिक हमला गरेका छन् । तर, यो हमलामा उनी भ्रममा परे र ‘आलु र टमाटर’को मूल्य सच्याउन राजनीतिमा नआएको बेतुका बयान दिएका छन् । विपक्षी दलहरूले आफूविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ता गरेको केही दिनपछि इमरान खानले यस्तो शाब्दिक हमला गरेका हुन् । साथै इमरान र उनका सहयोगीहरूका नाराज सांसदहरूले पनि यो प्रस्तावको पक्षमा मतदान गर्ने विपक्षीको दाबी छ ।

इमरानलाई सत्ताबाट हटाउनका लागि ३४२ सदस्यीय राष्ट्रिय सभामा विपक्षीले आफ्नो प्रस्तावको पक्षमा २७२ मत प्राप्त गर्नुपर्नेछ । इमरान खान सन् २०१८ मा सत्तामा आएका थिए र उनको कार्यकाल २०२३ सम्म छ । पाकिस्तानका विपक्षी दलका प्रमुख नेताहरूले सोमबार पीएमएल-एनका अध्यक्ष तथा राष्ट्रिय सभामा विपक्षी दलका नेता शाहबाज सरिफको निवासमा बैठक गर्ने भएका छन् । बैठकमा अविश्वासको प्रस्तावलाई सफल बनाउन रणनीति बनाइने जनाईएको छ ।

इमरानले विपक्षमाथि आरोप लगाउदै आफ्ना समर्थकहरूलाई पैसामा सांसदहरूको विवेक किनेर सरकार ढाल्न खोज्नेहरूको विरुद्धमा देश उभिनुपर्ने बताए । हार्स-ट्रेडिङ (सांसद किन्ने) मार्फत सरकार ढाल्न खोज्ने भ्रष्ट र दोषी राजनीतिज्ञलाई रोक्नु व्यवस्थापिका र न्यायपालिकाको दायित्व हो, उनले भने । इमरानले भने, ‘मलाई शीर्ष पदबाट हटाउन खोज्नेहरू आफ्नै षड्यन्त्रको बोझले दबिएका छन् भन्ने जनताले देख्नेछन् ।

पाकिस्तानमा अमेरिकी ड्रोन आक्रमणको भावनात्मक कार्ड पनि खेले
र्‍यालीमा इमरानले सन् २००८ देखि २०१८ को बीचमा पाकिस्तानमा अमेरिकी ड्रोन हमलाको मुद्दा उठाउदै भावनात्मक कार्ड खेल्ने प्रयास गरेका थिए । उनले आफ्ना प्रतिद्वन्द्वी जमियत उलामा-ए-इस्लाम-फजल (जेयूआई-एफ) का प्रमुख मौलाना फजलुर रहमान, पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का सर्वोच्च नेता नवाज शरीफ र पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का अध्यक्षलाई यी आक्रमणहरूमा मौन धारण गरेको प्रति आसिफ अली जरदारीको आलोचना गर्दै यी नेताहरूले पाकिस्तानको अधिकारको लागि कहिल्यै बोल्दैनन् भन्दै आरोप समेत लगाए ।

मुद्रास्फीति दर १३ प्रतिशत पुगेको छ
पाकिस्तानमा मुद्रास्फीति मापन गर्ने उपभोक्ता मूल्य सूचकांक (स्ीपीआई) २४ महिनाको चरम सीमामा छ । जनवरीमा, लगभग १३ प्रतिशतको सीपीआई भयो किनभने लगभग सबै वस्तु र उपयोगिताहरूको मूल्य आकाशीएको थियो । यसअघि जनवरी २०२० मा १४.६% (स्ीपीआई) मुद्रास्फीति रेकर्ड गरिएको थियो । गत महिनाको डन अखबारको रिपोर्टअनुसार गत वर्षको जनवरीको तुलनामा दोहोरो अंकले मूल्य वृद्धि भएका क्षेत्रहरूमा खाद्य, ऊर्जा, यातायात, कपडा र स्वास्थ्य क्षेत्र पर्छन् ।