अन्तराष्ट्रिय

आईएमएफले रोक्यो पाकिस्तानको ऋण:  इन्धनको मूल्य बढाउने सर्त मानेन 

इस्लामाबाद । आर्थिक संकटबाट ग्रसित पाकिस्तानका जनता खाद्यवस्तुको अभावसँगै मुद्रास्फीतिको सामना गरिरहेका छन् । उनले कतैबाट आवश्यक सहयोग पाएका छैनन् । तीन साता मात्र आयात गर्न सकिने विदेशी मुद्रा सञ्चिति ४.३ अर्ब डलरमा झरेको छ । विदेशी मुद्रा सङ्कटका कारण पाकिस्तानले पिठोजस्ता अत्यावश्यक सामग्री आयात गर्न सकेका छैनौँ । बन्दरगाहमा खाद्यवस्तु र औषधि थन्किएका छन् ।

पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ६ अर्ब डलर सहयोग मागेको थियो तर त्यसले पेट्रोल र डिजेलको मूल्य बढाउन सर्त राखेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर ऊर्जाको मूल्य बढेपछि पाकिस्तानको अघिल्लो इमरान सरकारले ऊर्जाको मूल्यमा अनुदान दिने घोषणा गरेको थियो । अब यस वर्षको चुनावलाई ध्यानमा राख्दै शेहबाज शरीफ सरकार मूल्यवृद्धि जस्ता अलोकप्रिय कदम चाल्न हिचकिचाउँदैछ ।