इस्लामाबाद । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पेशावर मस्जिदमा भएको विस्फोटप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । भक्तजनमाथि यस्तो आक्रमण भारतमा पनि नहुने उनको भनाइ छ । ३० जनवरीमा पेशावरको पुलिस लाइन्सको मस्जिदमा विस्फोट भएको थियो । जसमा १ सय जनाको मृत्यु भएको थियो । २२१ जना घाइते भएका छन् ।
पाकिस्तानको राष्ट्रिय सभामा रक्षामन्त्री ख्वाजा आसिफले भने– भारत वा इजरायलमा नमाजको समयमा नमाजीहरूमाथि हमला भएको थिएन, तर पाकिस्तानमा नमाजीहरूका बीचमा बसेका आक्रमणकारीले आफूलाई विस्फोट गराएको थियो । ‘डन’को रिपोर्टका अनुसार मन्त्री आसिफले भने– ‘हामीले आतंकवादको बीउ रोपेका छौं । अब यसका विरुद्ध एकजुट भएर लड्नुपर्छ । अब पाकिस्तानमा सुधार गर्ने बेला आएको छ ।
Add Comment