Home » Sample Page » चीनको हेबेई प्रान्तमा आएको बाढीका कारण २९ जनाको मृत्यु, १६ बेपत्ता, १७ लाख मानिस पलायन हुन बाध्य
अन्तराष्ट्रिय

चीनको हेबेई प्रान्तमा आएको बाढीका कारण २९ जनाको मृत्यु, १६ बेपत्ता, १७ लाख मानिस पलायन हुन बाध्य

A firefighter evacuates a baby stranded by floodwaters following heavy rainfall in Fangshan district of Beijing, China July 31, 2023. China Daily via REUTERS

बेईझिङ्ग । चीनको हेबेई प्रान्तमा बाढीले ठूलो क्षति पु¥याएको छ । भारी बाढीका कारण हेबेई प्रान्तमा हालसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता छन् । चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले यो जानकारी दिएको छ । मिडिया रिपोर्टका अनुसार चीनको हेबेई प्रान्तमा प्राकृतिक प्रकोपका कारण करिब ९५.८११ अर्ब युआनको क्षति भएको अनुमान गरिएको छ ।

बाढीका कारण हेबेईबाट १७ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनले बाढीको क्षतिपछि पुनर्निर्माण गर्न करिब दुई वर्ष लाग्न सक्छ । चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले बाढी पीडितका लागि १ अर्ब ४६ करोड युआन राहत दिने घोषणा गरेको छ । यो रकम बेइजिङ, तियानजिन, हेबेई, जिलिन र हेइलोङजियाङका बाढी प्रभावित जनतालाई वितरण गरिने छ ।

चीनको केन्द्र सरकारले बाढी नियन्त्रण र विपद् व्यवस्थापनका लागि जम्मा ७ अर्ब ७ करोड युआन निकासा गरेको छ ।
चीनको हेबेई प्रान्त भारी वर्षा र आँधीबाट नराम्ररी प्रभावित भएको छ । भारी वर्षा र आँधीले हेबेईमा बाढी निम्त्याएको छ । हेबेई प्रान्तका कार्यवाहक उप–गभर्नर झाङ चेङजोङले बाढीमा परी मृत्यु भएकाहरू र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा उनले मृतकहरुको सम्झनामा मौन धारण समेत गरेका थिए ।