अन्तराष्ट्रिय

साउदी अरबमा भिख माग्न गएका २४ पाकिस्तानी भिखारी पक्राउ, विमानबाट जबरजस्ती खसालियो

लाहोर । पाकिस्तानमा उम्राह गर्ने बहानामा खाडी मुलुक जान खोजेका २४ जना भिखारीलाई साउदी अरब जाने विमानबाट मुल्तान विमानस्थलमा उतारिएको छ । आइतबार सञ्चारमाध्यममा प्रकाशित समाचारमा यो जानकारी दिइएको हो । डन अखबारका अनुसार संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले शनिबार राति साउदी अरेबियाको उडानबाट उमराहको बहानामा अरब देश जाँदै गरेका आठ जना कथित भिखारीलाई मुल्तान विमानस्थलबाट डिबोर्ड गरेको थियो । पञ्जाब प्रान्तको मुल्तान एयरपोर्टमा पछिल्ला केही दिनमा यो दोस्रो घटना हो ।
अखबारका अनुसार दुई दिनअघि पनि एफआइएले साउदी अरबका लागि मुल्तान एयरपोर्टबाट कुल ११ महिला, चार पुरुष र एक बच्चालाई डिबोर्ड गरेको थियो । उनीहरु उमराह भिसामा गएका थिए । उमराह मक्काको धार्मिक तीर्थयात्रा हो जुन वर्षको कुनै पनि समयमा गर्न सकिन्छ । एफआईए अध्यागमन अधिकारी तारिक महमूदले दोस्रो घटनापछि जारी गरेको विज्ञप्तिमा अध्यागमन जाँचका क्रममा उक्त समूह भीख माग्ने मनसायले साउदी अरब गएको पत्ता लागेको बताए । विज्ञप्ति अनुसार उनीहरु (भिख माग्ने मुद्दामा पक्राउ परेका व्यक्तिले) भिक्षामा पाएको आधा रकम एजेन्टलाई बुझाउनुपर्ने बताए ।

पक्राउ परेकाहरुको राहदानी जफत गरी कानुनी कारबाहीका लागि मुल्तानस्थित मानव बेचबिखन विरोधी इकाईमा पठाइएको एफआईएले जनाएको छ । मानव बेचबिखन ऐन २०१८ अन्तर्गत दोषीहरू विरुद्ध एफआईआर दर्ता भइरहेको संघीय एजेन्सीले भनेको छ । अखबारका अनुसार पक्राउ परेका पहिलो समूहले एफआइए अधिकारीहरूलाई सोधपुछका क्रममा उनीहरू साउदी अरब गएर भिख माग्न र उमराह भिसाको म्याद सकिएपछि पाकिस्तान फर्किने बताएको थियो । विदेशमा बस्ने पाकिस्तानी र मानव संशाधन विकास मन्त्रालयले संसदको माथिल्लो सदनमा अधिकांश भिखारी अवैध रुपमा विदेश जाने गरेको खुलासा गरेको बेला यो पक्राउ परेको हो । विदेशमा पक्राउ परेका भिखारीमध्ये ९० प्रतिशत पाकिस्तानी रहेको मन्त्रालयका सचिवले सिनेट कमिटीसमक्ष खुलासा गरेको छ । मन्त्रालयका सचिव जीशान खानजादाले गत महिना सिनेटको स्थायी समितिमा पाकिस्तानी भिखारीहरू जियारतको नाममा पश्चिम एसियाली मुलुकमा जाने गरेको बताए । अधिकांश मानिस उमराह भिसामा साउदी अरब जाने र भिख माग्ने गतिविधिमा संलग्न हुन्छन् । यी भिखारी पक्राउ परेकाले इराक र साउदी अरबका राजदूतले आफ्नो जेल भरिएको जानकारी गराएको उनले बताए । इन्टरनेशनल न्यूज अखबारले खानजादालाई उद्धृत गर्दै मक्काको मस्जिद–अल–हरममा पक्राउ परेका अधिकांश पाकिस्तानी रहेको बताएको छ ।-फोटो सोशियल मिडियाबाट