स्पोर्ट-मनोरञ्जन

च्याम्पियन्स ट्रफी २०२५ : टीम इन्डियाद्वार लगातार दोस्रो आईसीसी उपाधि जित्न सफल

दुबई । रोहित शर्माको कप्तानीमा भारतीय टोलीले इतिहास रचेको छ । टीम इन्डियाले लगातार दोस्रो आईसीसी उपाधि जितेको छ । रोहितको नेतृत्वमा भारतीय टोली २०२४ मा टी२० च्याम्पियन बनेको थियो, जबकि भारतले १२ वर्षपछि दुबईमा भएको एकदिवसीयमा न्यूजिल्याण्डलाई हराएर च्याम्पियन्स ट्रफी जितेको छ । उपाधि जित्न नसकेपनि न्युजिल्याण्डको टोलीले ठूलो पुरस्कार राशि पनि जितेको छ ।

च्याम्पियन्स ट्रफीको बिजेतालाई कति पुरस्कार राशि दिइन्छ ?
२००० र २०१३ पछि, भारतीय टोलीले २०२५ मा तेस्रो पटक च्याम्पियन्स ट्रफी जितेको छ । फाइनल खेलमा भारतले न्यूजिल्याण्डलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको हो । यो जितसँगै भारतीय टोलीले आईसीसीबाट २.२४ मिलियन डलर (लगभग २० करोड रुपैयाँ भारतिए ) पुरस्कार रकम सङ्कलन गरेको छ । यसैबीच उपविजेता न्युजिल्यान्डको टोलीले ९.७२ करोड कमाएको छ । यसैबीच च्याम्पियन्स ट्रफीमा बिजेता र उपविजेता टोलीले मात्रै नभई अन्य टोलीले पनि उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् ।

सेमिफाइनलमा हारेका अष्ट्रेलिया र दक्षिण अफ्रिकालाई ४.८६ करोड रुपैयाँ पुरस्कार त्यस्तै, पाँचौं र छैटौंमा रहेको अफगानिस्तान र बंगलादेशले ४,३५०,००० (३.०४ करोड रुपैयाँ) पाउनेछन् भने सातौं र आठौंमा रहेको पाकिस्तान र इंग्ल्याण्डले ४,१४०,००० (१.२१ करोड रुपैयाँ) पाउनेछन् । पाकिस्तान, बंगलादेश, अफगानिस्तान र इंग्ल्याण्ड गरी चार टोली नकआउट चरणमा प्रवेश गर्न सकेका थिएनन् । अफगानिस्तान पाँचौं र बंगलादेश छैटौं स्थानमा छ ।

प्रतियोगिताको प्रत्येक विजेता टोलीले २९.५ लाख रुपैयाँ पाउने भएकाले पुरस्कार राशि यतिमै सीमित हुँदैन । यसबाहेक प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई कम्तीमा १ करोड ८ लाख रुपैयाँ पुरस्कार दिइनेछ । आईसीसीले च्याम्पियन्स ट्रफीका लागि ५९.९ करोड रुपैयाँको पुरस्कार कोषमा राखेको थियो । २०१७ को तुलनामा, यावेकी चक्केम्पियन्स ट्रफीको पुरस्कार राशिमा ५३ प्रतिशतले वृद्धि भएको भारतिय सञ्चारमाध्यमा उल्लेख गरिएको छ ।