अन्तराष्ट्रिय

अमेरिकाको मध्यपश्चिमा आएको भीषण आँधीका कारण हालसम्म २७ जनाको मृत्यु

केन्टकी, ( अमेरिकाको मध्यपश्चिम) । अमेरिकाको मध्यपश्चिम र दक्षिणमा आँधीबेहरीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । यी मध्ये केन्टकीमा आँधीका कारण १८ जनाको मृत्यु भएको थियो । केन्टकीका गभर्नर एन्डी बेशियरले शनिबार भने अनुसार उनको राज्यमा १८ जनाको मृत्यु भएको छ र १० जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । केन्टकीमा आएको विनाशकारी आँधीले घर र सवारी साधनमा क्षति पु¥यएको छ भने धेरै मानिसहरूलाई घरबारविहीन बनाएको छ ।

बेशियरले राज्यभरि दुई दर्जन सडकका केही भाग बन्द भएको र केही पुनः खोल्न धेरै दिन लाग्न सक्ने बताए । उनले मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहेको बताए । मिसौरीमा पनि धेरै मानिसहरूको मृत्यु भएको छ । मिसौरीको सेन्ट लुइसकी मेयर कारा स्पेन्सरले आफ्नो शहरमा पाँच जनाको मृत्यु भएको, ३८ जना घाइते भएको र ५,००० भन्दा बढी घरहरू प्रभावित भएकि छिन् ।

स्थानिय समाचारका अनुसार आँधीहरू शुक्रबारको गम्भीर मौसम प्रणालीको अशंका थिए जसले विस्कॉन्सिनमा आँधीबेहरी निम्त्यायो, ग्रेट लेक्स क्षेत्रमा लाखौं मानिसहरूलाई बिजुलीविहीन बनायो र टेक्सासमा तीव्र गर्मीको लहर ल्याएको थियो । शुक्रबार दिउँसो आएको आँधीले भवनहरूमा क्षति पु¥याएको छ भने रूखहरू र बिजुलीका पोलहरू ढालेको छ । अधिकारीहरूले स्थानीय मानिसहरूलाई सुरक्षित स्थानमा सर्न अपील गरेका छन् ।

“यो साँच्चै विनाशकारी छ,“ स्पेन्सरले भने । शेरिफको कार्यालयले उद्धारकर्मीहरूले मानिसहरूलाई सहयोग प्रदान गरिरहेको बताएको छ । स्थानीय विद्यालयहरूमा आपतकालीन आश्रयस्थलहरू स्थापना गरिएको छ । मौसमविद् फिलोमेन गर्टसेनले आँधी धेरैजसो ग्रामीण क्षेत्रमा फैलिएको र मध्यरातभन्दा केही समय अघि लन्डन कोर्बिन विमानस्थलसम्म फैलिएको बताए ।