अन्तराष्ट्रिय

चीनको एक रासायनिक प्लान्टमा ठूलो विस्फोट, आगो र धुवाँका कारण ५ जनाको मृत्यु, १९ भन्दा बढी घाइते

बेइजिङ । चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा मंगलबार दिउँसो ठूलो विस्फोट भएको छ । राज्य प्रसारक सीसीटीभीका अनुसार विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । अरु छ जना बेपत्ता छन् ।
एक स्थानीय बासिन्दाले साझा गरेको भिडियो अनुसार, विस्फोट यति शक्तिशाली थियो कि कारखानाबाट दुई माइल (तीन किलोमिटर) भन्दा टाढा रहेको भण्डारण गोदामका झ्यालहरू फुटेका थिए ।

उनले भने विस्फोटले उनको घर हल्लायो । जब उनी के भयो भनेर हेर्न झ्यालमा गए, उनले सात किलोमिटर (४.३ माइल) टाढाबाट धुवाँको लामो मुस्लो आउँदै गरेको देखे । विस्फोटपछि लागेको आगो निभाउन २३० भन्दा बढी अग्निनियन्त्रकहरू खटिएका थिए ।

वेइफाङ शहरको औद्योगिक पार्कमा रहेको गाओमी युदाओ केमिकल कम्पनीमा विस्फोट भएको थियो । यसले चिकित्सा प्रयोगको लागि कीटनाशकका साथै रसायनहरू पनि उत्पादन गर्छ, र कर्पोरेट दर्ता रेकर्ड अनुसार यसमा ५०० भन्दा बढी कर्मचारीहरू छन् । सीसीटीवीका अनुसार, स्थानीय अग्नि नियन्त्रक अधिकारीहरूले घटनास्थलमा २३० भन्दा बढी कर्मचारीहरू पठाएका छन् ।