झापा । झापाको भद्रपुरमा ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक जना व्यक्ति पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी महेशपुरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–३ स्थित झोलुङ्गे पुल क्षेत्रमा चेकजाँच गर्ने क्रममा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनको साथबाट १६ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो रङको पदार्थ बरामद भएको छ। पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया सम्बन्धित निकायबाट अघि बढाइएको छ।








Add Comment