शिक्षा

कालिकादेवि माबि समुन्द्रादेविको ३०औँ बार्षिक उत्सव दिवस सम्पन्न 

नुवाकोट, २५ फागुन ।  नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ६ समुन्द्रादेविको गुर्जेमा अबस्थित कालिकादेवि माविले आज ३०अौँ बार्षिकोत्सव तथा अभिभावक दिवस एक कार्यक्रम गरी मनाएको छ । बिधालय प्राङ्गणमा आयोजित कार्यक्रम शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
थापाले कार्यक्रममा मन्तब्य राख्दै शिक्षा क्षेत्रको बिकासले समाजमा सकारात्मक परिवर्तन ल्याउनुका साथै देशको सर्बाङ्गिण बिकासमा सहयोग पुग्ने बताउनुभयो । कालिकादेवि माविले समग्र शिवपुरीको बिकासमा टेवा पुग्ने गरी शिक्षा दिनुपर्ने प्रमुख थापाको भनाई थियो । उहाँले बिज्ञान प्रदर्शनी प्रयोगशालाको पनि उदघाटन गर्नु भयो ।
यस्तै थापाले बिधार्थिहरुबाट राखिएको बिज्ञान प्रदर्शनीको अबलोकन पनि गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरु वडा नं ६ का वडाअध्यक्ष लालबहादुर तामाङ, वडा सदस्य ज्ञानबहादुर तामाङ, एमाले नेता जितेन्द्र बिष्ट, सहकार्य समाज नेपाल नुवाकोटका अध्यक्ष निलकण्ठ आचार्य विभिन्न बिधालयका प्रध्यानध्यापक शिक्षक रहनुभएको थियो । कार्यक्रममा बिधालयका विधार्थिहरुले उत्कृष्त नृत्य प्रस्तुति दिएका थिए भने कलाकार उद्धब कार्की, मिलन श्रेष्ठ, मिना लुङगेलि लगायतका कलाकारहरुले सागिंतिक मनोरञ्जन समेत दिएका थिए । कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष दावाङ तामाङको सभापतित्वमा भएको थियो ।