धर्म/संस्कृति

तराई – मधेसमा भाषा, सस्कृती जोगाउन जागे नेवार समुदाय

भनुषा । नेवाः देय् दबू मधेस प्रदेश समितिको अङ्ग नेवाः भाषा सस्कृती प्रवद्र्धन तथा संरक्षण विभागको प्रथम बैठक तराई – मधेसमा भाषा, संस्कृती जोगाउने उद्देश्य तथा वार्षिक कार्यक्रम तय गर्दै धनुषाको बिरेन्द्रबजारमा सम्पन्न भयो ।

नेवाः देय् दबू केन्द्रिय समितिले जेष्ठ ५ गते प्रदेश समितिहरूलाई गरेको परिपत्रमा यस विभागको ध्यानाकर्षण भएकोले नेदेदू का केन्द्रिय उपाध्यक्ष घनश्याम श्रेष्ठको प्रमुख आतिथ्य, केन्द्रिय सदस्य चम्पा श्रेष्ठ तथा नेवाः देय् दबू मधेस प्रदेश समितिका अध्यक्ष विशेष आतिथ्य र यस विभागका संयोजक रित बहादुर श्रेष्ठ कृष्णको अध्यक्षता बैठक बसि भाषा, बाजा, पहिरन, परिकार, पुरोहित, रोजगार, व्यक्तित्व विकास लगायतका प्रशिक्षण चैत्र मसान्तसम्म गरिसक्ने सर्वसम्मत सहित बैठकले निर्णय गरेको बताएका थिए ।