अन्तराष्ट्रिय

दिल्ली निर्वाचन : आम आदमी पार्टी नराम्रोढंगले पराजित, बीजेपीको बम्पर जीत

दिल्ली । दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी नराम्रोसँग पराजित भएको छ । करिब १० वर्ष आप आदमी पार्टीको हालिमुहालि रहेको दिल्लीमा लगभग १० वर्ष पछि दिल्लीमा भाजपाले सत्ता जितेको छ । यस चुनावको नतिजाले आश्चार्यमा पारेको छ । आम आदमी पार्टीका संयोजक तथा पूर्व मुख्यमंत्री अरविन्द केजरीवाल, मनिष सिसोदिया जस्ता चर्चित नेताहरु पराजित भएका छन् ।

अब यो हार किन ? वा भाजपाले यति सजिलै कसरी जित्यो? यसबारे राजनीतिक विज्ञहरूले विस्तारै विश्लेषण र भनाइ राख्ने नै छन् । तर त्यतिन्जेल सामाजिक सञ्जालमा मेम्स मार्फत नेटिजेन्सले प्रतिक्रिया दिइरहेका छन् । र यो प्रतिक्रिया देखेर, तपाइँ साँच्चै हाँसो रोक्न सकिन्न । विगतमा केजरीवाल जसरी नौटंकी गरेर आफु सच्चा नेता भएको बताउथे आज सामाजिक सञ्जालमा उनको मेम्सले सच्चै नौटंकि सिर्जना गरेको छ ।