जानकारी

खाना खाने बेला पानी पिउदा यसको प्रभाव : लाभ या हानि ?

खाना खाँदा बीचमा पानी पिउने बानि छ ? यदि छ भने, यो स्वास्थ्यको लागी हानि गर्न सक्छ । पानी पिउनु स्वास्थ्यको लागी लाभदायक मानिन्छ, तर खाना खादै गर्दा बीच–बीचमा पानी पिउनु हानिकारक हुन्छ । खाना खाँदा पानी पिउनु स्वास्थ्यको लागी राम्रो हुदैन । प्रत्येक व्यक्तिले एक दिनमा कम्तिमा ८ देखि ९ गिलास पानी पिउनु पर्छ । पानी पिउनाले शरीरबाट सबै विषाक्त पदार्थहरु बाहिर निस्कन्छन् तर खाना खाँदै गर्दा बारम्बार पानी पिउनु स्वास्थ्यको लागी राम्रो हुदैन ।

पेट दुख्ने, छाला सम्बन्धि समस्या र पाचन प्रणाली कमजोर हुनसक्छ
आगो तत्व (तातो तत्व) ले हामीलाई हाम्रो खाना पचाउन मद्दत गर्दछ तर यदि खाना खादै गर्दाको बीचमा पानी पिउनुले गर्दा यो ठीकसँग काम गर्न सक्दैन र यसले गर्दा एसिडिटीको कारण पेट दुख्ने समस्या उत्पन्न हुनसक्छ । खानाको बीचमा पानी पिउँदा छाला सम्बन्धी समस्या हुन सक्छ । यसले मधुमेहको जोखिम पनि बढाउँछ । खाना बिस्तारै चबाएर खाने र एक घण्टा अघि र एक घण्टा पछि मात्र पानी पिउन यस विषयमा जानकारहरुद्वारा यस्तो सल्लाह दिन्छन् ।

यदि खाना खादै गर्दा बीचमा पानीको आवश्यकता छैन भने बिल्कुल पानी पिउनु हुँदैन । यसको कारण पाचन प्रणाली कमजोर हुन्छ । खानाको बिचमा वा तुरुन्तै पछि पानी पिउँदा तौल बढ्न सक्छ । यस्तो अवस्थामा, यदि तौल घटाउन चाहाना छ भने खाना पछि तुरुन्तै पानी पिउनबाट बच्नु पर्छ ।

(यहाँ दिईएको जानकारी घर उपचार र सामान्य धारणाहरुमा आधारित छ ।)