अन्तराष्ट्रिय

पकिस्तानको खैबर पख्तुनख्वामा आतंकवादी हमलामा ६ सैनिकको मृत्यु, खोजी अभियानमा संगठनका २२ आतंकवादी पक्राउ

इस्लामावाद, असार ८ । पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादी हमला भएको छ जसमा पाँच पाकिस्तानी सैनिक मारिएका छन् । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्सले भने अनुसार आतंकवादीहरूले कुर्रम जिल्लामा सुरक्षा बलको गाडीमा विस्फोट गराए। आक्रमणमा पाँच सैनिकको मृत्यु भएको थियो ।

समाचार एजेन्सी सिन्ह्वाले विज्ञप्ति उद्धृत गर्दै यी सैनिकहरूको उमेर २४ देखि ३३ वर्षको बीचमा रहेको जनाएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन । विज्ञप्तिमा समेत यसका लागि कुनै पनि निकायलाई जिम्मेवार ठहराइएको छैन । यसैबीच पञ्जाब प्रान्त प्रहरीले २२ आतङ्ककारीलाई पक्राउ गरेको छ ।

पञ्जाब एन्टी टेररिज्म डिपार्टमेन्टका प्रवक्ताका अनुसार यस हप्ता प्रान्तका विभिन्न जिल्लाहरूमा १५२ खुफियामा आधारित अपरेसनहरू सञ्चालन गरिएको थियो । जसमा इस्लामिक स्टेट, तेहरिक–ए–तालिबान पाकिस्तान, बलुचिस्तान लिबरेशन आर्मी र लश्कर–ए–जहांगवीका २२ आतङ्ककारी पक्राउ परेका छन् । विज्ञप्तिमा भनिएको छ, यस क्षेत्रमा उपस्थित आतंककारीहरू विरुद्ध अपरेशन चलिरहेको छ । क्षेत्रको विस्तृत अनुसन्धान भइरहेको छ । आक्रमणका दोषीलाई कारबाही गरिनेछ ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक व्यक्तिलाई कुरानको अपमान गरेको आरोप लागेको छ । भीडले प्रहरी चौकीमा गएर उक्त व्यक्तिलाई गोली हानेको थियो । शवलाई तानेर मडियान अड्डामा झुण्ड्याइएको थियो । मुख्यमन्त्री केपीके अली अमीन गण्डापुरले घटनाबारे प्रदेश प्रहरी प्रमुखसँग प्रतिवेदन मागेका छन् ।