अन्तराष्ट्रिय

२७० को गतिमा मिल्टन आँधी आउने चेतावनी, ११ लाख मानिसहरुले सहर छाडिसके

फ्लोरिडा, अमेरिका, असोस २४ । मिल्टन आँधीले अमेरिकामा विनाश मच्चाइरहेको छ । धेरै सहरमा त्रास फैलिएको छ । ११ लाखभन्दा बढी मानिस सहरबाट भागेका छन् । अमेरिकी राष्ट्रिय तूफान केन्द्रका अनुसार मिल्टन आँधी अहिले ४०० किलोमिटर टाढा छ । यो जुनसुकै बेला फ्लोरिडाको तटमा ठोक्किन सक्छ । यसको गति २७० किलोमिटरभन्दा बढी भएकाले यसलाई शताब्दीकै सबैभन्दा ठूलो आँधी मानिएको छ । प्रशासनले अति खतरनाक मानिएको श्रेणी–५ मा राखेको छ । धेरै शहरहरूमा धेरै घरहरू उड्ने र विद्युत आपूर्ति अवरुद्ध हुने खतरा छ ।
राष्ट्रपति जो बाइडेनले जनतालाई तुरुन्तै सहर खाली गर्न अपिल गरेका छन् । उनले भने– मिल्टन आँधी तीव्र गतिमा आउँदैछ ।

अधिकारीहरूको निर्देशन पालना गर्नुहोस् । अमेरिकाको नेशनल हरिकेन सेन्टरका अनुसार करिब ३० लाख जनसंख्या रहेको टेम्बाको तटमा यो आँधी आउने सम्भावना छ । हावाहुरीका कारण भारी वर्षा हुने भएकाले बाढीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कडा हावा चल्नेछ । जसका कारण समुन्द्रमा आँधीबेहरी आउन सक्ने चेतावनी दिइएको छ । समुद्रमा १०–१५ फिट अग्लो छाल उठ्न सक्छ । यसबाट धेरै घर डुब्न सक्छन् ।

अमेरिकी आपतकालीन सेवा फेमाले मिल्टन आँधी यसअघि कसैले नदेखेको जस्तो हुनेछ । सबैलाई तत्काल घर छाड्न भनिएको छ । उनीहरुलाई सुरक्षित स्थानमा पु¥याइएको छ । सबैको ज्यान जोगाउनु हाम्रो पहिलो उद्देश्य रहेको प्रहरीले जनाएको छ । यो आँधीमा कोही पनि मर्न नपरोस् । किनकी यो आयो भने कडा हावा चल्छ र घरबाट बाहिर निस्कने मौका मिल्दैन । लापरवाहीका कारण हजारौंले ज्यान गुमाउन सक्छन् । फ्लोरिडाको तटीय क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । एजेन्सीहरूले सबैलाई सुरक्षित स्थानमा पु¥याइरहेका छन् ।

बीबीसी रिपोर्टका अनुसार फ्लोरिडाका मानिसहरूले भने– हामीले पहिलो पटक यति धेरै डर महसुस गरिरहेका छौं । हामीले हाम्रो घर छोड्नुपर्छ । सबैभन्दा ठूलो चिन्ता ज्येष्ठ नागरिकको हो, किनभने यस क्षेत्रमा ठूलो संख्यामा ज्येष्ठ नागरिक छन् । यहाँ धेरै मानिसहरू १९८० को दशकमा निर्मित मोबाइल घरहरूमा बस्छन् । यी धेरै खतरनाक हुन्छन्, जुन थोरै आँधीबेहरीमा नष्ट हुनेछन् । आँधीका कारण हजारौं मानिस घरबारविहीन हुने जोखिममा छन् ।