Home » मुख्य समाचार

मुख्य समाचार

भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या १५७, घाइते ३७५ जना

काठमाडौं । गृह मन्त्रालयका अनुसार जाजरकोटलाई केन्द्रबिन्दु बनाई गएराति गएको उक्त भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ र अहिले सम्म घाइते हुनेको संख्या ३७५ पुगेको छ ।

कर्णाली प्रदेश जाजरकोटमा मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प : उद्धार तथा खोज जारी

जाजरको, रुकुम । मध्यराति जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४...

टी–२० विश्वकपमा छनोट भएसँगै नेपाली क्रिकेटले जगायो उत्साह

काठमाडौं । नेपाल र ओमान आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी विश्वकपमा छनोट भएका छन् । शुक्रबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेट तथा ओमानले...

मिठाइ र दुग्धजन्य उत्पादन तथा विक्री प्रबन्ध स्वच्छ बनाउन उपभोक्ता हित सरक्षण समितिको आग्रह

काठमाडौँ । तिहारमा अधिक प्रयोग हुने दुधजन्य खाद्यबस्तु तथा मिठाइको गुणस्तरीय उत्पादन र स्वच्छ विक्री वितरण व्यवस्था मिलाउन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा...

मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपाल सेमिफाइनलमा पुगेको छ । मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य...

इजरायली सेनाद्वारा हमासका शीर्ष आतंकवादीको घर ध्वस्त

तेल अवीव । हमास र इजरायलबीच भीषण युद्ध जारी छ । गाजा पट्टीमा आधारित हमास आतंकवादी समूहले अक्टोबर ७ मा इजरायलमा पाँच हजार रकेट प्रहार गरेको थियो । त्यसपछि दुवैबीच भीषण युद्ध सुरु भएको थियो ।...

पाकिस्तानी ११ बाट बाहिरिएका इमाम, काका इन्जमामले १४ घण्टाअघि मात्र मुख्य चयनकर्ताको पदबाट दिए राजीनामा

इस्लामाबाद । सोमबार पाकिस्तानका पूर्व कप्तान इन्जमाम–उल–हकले विश्वकप प्रतियोगिताको बीचमा मुख्य चयनकर्ताको रूपमा आफ्नो भूमिकाबाट राजीनामा दिएका छन् । पाकिस्तानी टोलीमा सबै राम्रो...

नोभेम्बर ४ गतेबाट शनिको प्रत्यक्ष प्रवेश हुनेछ, यी राशिका व्यक्तिहरुको २०२४ सम्म शुभ रहने

शनिदेव नोभेम्बर २०२३ अर्थात कार्तिक १८ देखि प्रतिगामीबाट प्रत्यक्षतर्फ जान लागेका छन् । वैदिक ज्योतिष शास्त्र अनुसार शनिदेवसँग २ वटा राशि हुन्छ । भगवान शनि कुम्भ र मकर राशिका शासक ग्रह...

इजरायल युद्धको तीन चरण : हमासलाई दुई चरणमा हटाउने र गाजामा नयाँ सुरक्षा प्रणाली बनाउने योजना

तेल अवीव । इजरायलका रक्षामन्त्री योभ गैलान्टले तेल अवीभमा रक्षा समितिको बैठकमा गाजा पट्टीमा इजरायलको युद्ध योजनाको बारेमा जानकारी दिएका छन् । समाचार एजन्सिका अनुसार उनले भनेका छन्– हामी...

महानगर गौरव योजना अन्तर्गत १५ हजार व्यक्तिलाई निःशुल्क सिपमुलक तालिम दिईने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क आयमूलक सिपमूलक तालिमका लागि गरेको सार्वजनिक आव्हानबाट कार्तिक २ गतेसम्ममा १ हजार ५४५ जनाले फाराम भरेका छन् । महानगरपालिकाको सामाजिक विकास...

२१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिने निर्णय गर्दै २३ औँ कामनपाको कार्यपालिका बैठक सम्पन्न

काठमाडौँ । २१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिँदै काठमाडौँ महानगरपालिकाको २३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । मंगलबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बैठक बसेको थियो ।...

छात्रवृत्ति कोटामा पठाइएका विद्यार्थीसँग शुल्क मागेको कलेजबाट स्वीकार : शुल्क माग्नेहरुलाई कारवाही थालिने महानगर

काठमाडौँ । ग्लोबल कलेज अफ म्यानेजमेन्टले छात्रवृत्तिका लागि पठाइएका विद्यार्थीहरुसँग विविध शीर्षकमा शुल्क मागेको स्वीकार गरेको छ । आज महानगरको छानविन तथा अनुगमन समितिका...

छात्रवृत्ति कोटाका विद्यार्थीसँग शुल्क मागेको गुनासो आएपछि छानबिन तथा अनुगमन सुरु

काठमाडौँ । चालु शैक्षिक सत्रको कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका विद्यार्थीसँग विद्यालयहरुले शुल्क मागेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले छानबिन तथा अनुगमन थालेको छ ।...

रोजगार कार्यक्रमका १ सय जनालाई डेङ्गी नियन्त्रण र विशेष सरसफाइमा खटाइयो : पर्व लक्षित सफाइमा सडकलाई प्राथमिकता

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय जनालाई काठमाडौँ महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइमा खटाएको छ । आज राष्ट्रिय सभा...

महानगरबासीलाई निःशुल्क रगत र रक्त तत्व, महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच सम्झौता

काठमाडौँ । महानगरबासीलाई निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराउन आज काठमाडौँ महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ । प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता...

२ अर्व १५ करोड रुपैयाँ लगानीमा पैदल मार्ग सुधार गर्दै महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पैदल मार्गलाई यात्रुमैत्री बनाउन यस बर्ष २ अर्व १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम गर्दैछ । यसका लागि सबैजसो सडक खण्डको लागत...

सडक सुरक्षा र ट्राफिक सप्ताहका ७ दिन : २२ प्रतिशतले दुर्घटना घट्यो

काठमाडौँ । सचेतनामूलक कार्यक्रमका कारण ७ दिनको अवधिमा २२ प्रतिशतले सवारी दुर्घटनाका घटनामा कमी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँ महानगरपालिका र...

सिक्किमको टिस्टा नदीमा बाढी २३ जना भारतीय सैनिक बेपत्ता

काठमाडौं । भारतको हिमाली राज्य सिकिम्मको टिस्टा नदीमा अचानक ठूलो बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता भएका छन । भारतीय सञ्चार माध्यमका अनुसार लाचेन उपत्यका क्षेत्रमा बुधबार चुंगथाङ...

सुदूरपश्चिम प्रदेश :  बझाङ केन्द्र बनाई ६.३ र ५.३ रेक्टरको दुई पटक भूकम्प

धनगडी । बझाङको चैनपुरआसपास केन्द्र बनाई ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । ३ बजेर ६ मिनेट जाँदा उक्त भूकम्प गएको हो । यसअघि २ः४१ मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु बनाई ५.३ रेक्टर...

साउदी अरबमा भिख माग्न गएका २४ पाकिस्तानी भिखारी पक्राउ, विमानबाट जबरजस्ती खसालियो

लाहोर । पाकिस्तानमा उम्राह गर्ने बहानामा खाडी मुलुक जान खोजेका २४ जना भिखारीलाई साउदी अरब जाने विमानबाट मुल्तान विमानस्थलमा उतारिएको छ । आइतबार सञ्चारमाध्यममा प्रकाशित समाचारमा यो...